दफा ३४
प्राधिकरण विघटन गर्ने
: (१) नेपाल सरकारले देहायको अवस्थामा प्राधिकरण विघटन गर्ने आदेश जारी गरी त्यसको जायजेथाको वितरणको लागि एक वा एक भन्दा बढी लिक्विडेटर नियुक्त गर्न सक्नेछ ः-
(क) प्राधिकरणको चूक्ता शेयर पूँजीको कम्तिमा पच्चीस प्रतिशत मूल्यको शेयर लिने शेयरवालाहरुले मनासिब कारण देखाई लिखित रुपमा प्राधिकरणलाई विघटन गर्ने माग गरेमा,
(ख) प्राधिकरणको काम सुचारु रुपले चलेको छैन वा प्राधिकरणको सम्पत्ति हिनामिना हुँदै गएको छ वा प्राधिकरणले श्री ५ को सरकरको निर्देशनहरु बराबर उल्लघंन गरेको छ भन्ने नेपाल सरकारले ठहरयाएमा ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारले प्राधिकरणलाई विघटन गर्ने गरी जारी गरेको आदेश अन्तिम हुनेछ ।